देशभर कर्फ्यु आदेश जारी , सेनाद्वारा सहयोगको अपिल
काठमाडौं , नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ