मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु


धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान हुने छ।धनगढी उपमहानगरपालिकाको ६० प्रतिसत र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग, राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिसत लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरू भएको हो।

स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए ।

मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने कार्य थालिसकेका मेयरले आज मोहनापुल-अत्तरिया छ लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडानको शुभारम्भ गरेका छन् ।

Leave a Reply

Your email address will not be published.