२ किलो चरेस सहित एमाले वडा कमिटी अध्यक्ष पक्राउ


दार्चुला । चरेस सहित नेकपा एमाले अपिहिमाल गाउँपालिका–५ का निर्वतमान वडा कमिटि अध्यक्ष दान सिंह धामी पक्राउ परेका छन् ।

शुक्रबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले खलंगामा सम्बोधन गर्ने कार्यक्रममा सहभागि हुन बिहीवार सदरमुकाम आउदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लटिनाथले पक्राउ गरेको हो । उनी संग अन्दाजी २ किलोग्राम चरेस रहेको प्रहरी स्रोतले जनाएको छ ।

आज दिउसो मार्मा गाउँपालिकाको सेल्बिसाबाट गोकुलेश्वर तर्फ आइरहेको से १ ज ६१८ नम्बरको जीपमा सवार उनलाई शंका लागेर चेकजाच गर्दा उनको साथबाट चरेस फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

चरेस सहित पक्राउ परेका उनलाई अहिले ईलाका प्रहरी कार्यालय लटिनाथमा राखिएको तथा भोली जिल्ला ल्याइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *