दुहुँ र व्यास गाउँपालिकाको ६० प्रतिशत जनमत स्वतन्त्रको पक्षमा आउने स्वतन्त्र उम्मेदवार धामी को दावी


धनगढी ,दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेदवार नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शंकरसिह धामीको प्रचारप्रसार अभियानको टोली आइतबार जिल्ला सदरमुकाम खलंगा फर्किएको छ । गत असोज २९ गते देखि कात्तिक ५ गते सम्म जिल्लाको व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर भेटघाट संगै घरदैलो गरेर आइतबार टोली जिल्ल फर्कियोएको हो । स्वतन्त्र उम्मेदवार धामीको टोलीले भेटघाट संगै घरदैलोगरी आफनो पक्षमा मतदान गर्न मतदाताहरु संग अपिल समेत गरको छ ।

प्रदेश सभा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार शंकर सिह धामीले खलंगा पुगेपछि पहिलो प्रतिक्रिया दिदै व्यासँ र दुहुँ गाउँपालिकाका मतदाताहरुको बुझाइ ,जनताको निराशा ,र आक्रोश  मंसिर ४ गतेसम्म यथावत रहेमा व्यास र दुहु गाउपालिकाको ६० प्रतिशत जनमत स्वतन्त्रको पक्षमा आउने बताएका छन । दलका नेताहरुबाट जनता पटक पटक ठगिएकोले दलप्रति मतदाताहरुको आक्रोस बढेको र दलप्रतिको विश्वास घट्दै गएकोले ६० प्रतिशत भन्दा बढि मत आफनो पक्षमा पर्ने प्रदेश सभा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार धामीको प्रतिक्रिया रहेको छ ।

दलका उम्मेदवारहरुले सधै ठगेर मात्रै मत माग्ने काम गरेकोले यसपालीको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्ने अधिकांश जनताले आवाज उठाईरहेको उहाँले बताउनु भयो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई जिताउने लक्ष्य सहित अधिकांश मतदाताहरु आफै सम्र्पकमा जिल्ला सदरमुकाममा रहेको प्रचार प्रसार सम्पर्क कार्यालयबाट  प्रचार सामाग्री लगेर घरदैलो गरिरहेकोले स्वतन्त्र उम्मेदवार धामीको जित निश्चिित रहेको शंकरसिह धामी जिताऔ अभियानका सदस्य महेशराज भट्टले जानकारी दिनुभएको छ ।

पार्टीको टिकट वितरण गर्दै गर्दा दलका नेताहरूलाई आफूले टिकट दिएपछि मात्र कोही उम्मेदवार जित्छ भन्ने लाग्नु भ्रम मात्र हो, यद्यपि दलीय उम्मेदवारका निर्णायक नेताहरू नै हुन्। तर निर्वाचनमा कसलाई रोज्ने भन्ने अधिकार मतदातालाई मात्र छ र उनीहरू मात्रै निर्वाचनका निर्णायक हुने स्वतन्त्र उम्मेदवार धामीको प्रतिकृया रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *