चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर


दार्चुला, दार्चुलामा पार्टीको चुनावी प्रचार प्रसारमा विद्यालयका प्रधानाध्यापक नै सहभागी भएको प्रचार–प्रसार गरेको तस्विर बाहिर आएको छ ।

जिल्लामा नेकपा एमाले दार्चुलाले आज देखि आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रधानाध्यापक  भुवन बहादुर डागा एमालेको  चुनावी प्रचार–प्रसारमा  सहभागी भएको पाइएको हो  ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडी बढाएका वेला डागा  भने  चुनावी प्रचार–प्रसारमा लागेको पाइएको छ ।

यस्तै शैल्यशिखर नगरपालिकामा करार पदमा कार्यरत इन्जिनियर ,पशुपति भवन माध्यमिक विद्यालयका शिक्षक पनि सोही कार्यक्रममा सहभागी रहेको स्थानीयले बताएका छन् ।यता निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई प्रचलित कानूनबमाजिम तत्काल विभागीय कारबाही प्रारम्भ गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता,२०७९ ले शिक्षक, कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध कर्मचारीहरूलाई पनि प्रचारप्रसारमा लाग्न प्रतिबन्ध लगाएको भन्दै आयोगले त्यस्ता कार्यमा संलग्न नहुन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *