बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता 


धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ ।
उक्त सम्झौता अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा.राजेश खड्का र बैंकको तर्फबाट प्रबन्धक दिलिप पंगालीले हस्ताक्षर गरेका छन् । यस अस्पतालले बिगत ८ बर्षदेखि स्वास्थ्य सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *