नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ


काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी वापतको ६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले गरेको स्थलगत अध्ययनका अनुसार आर्थिक वर्ष २०७८।७९ सम्ममा १९ वटा जीवन बीमा कम्पनीले ७० हजार २ सय वटा बीमा दाबीको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

बीमा दाबी वापतको ६ अर्ब ५ करोड ४० लाख ६२ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको समिति सम्वद्ध श्रोतले जानकारी दिएको । दाबी भुक्तानी नगर्नेमा निजी क्षेत्रबाट संचालित जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा अघि देखिएको छ । बीमा समितिका अनुसार २० हजार ५ सय ९७ वटा बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेको छ । यो कूल बाँकी रहेको बीमा दाबी संख्याको आधारमा २९।३३ प्रतिशत हो ।

त्यसैगरी भुक्तानी गर्न बाँकी दाबी रकमको आधारमा पनि नेपाल लाईफ सबैभन्दा अग्रणी स्थानमा छ । नेपाल लाईफले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कुल बाँकी रहेको भुक्तानी रकमको आधारमा समेत २२ प्रतिशत हिस्सा सहित निजी क्षेत्रको बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ भुक्तानी नदिने बीमा कम्पनीकोरुपमा प्रथम स्थानमा रहेको छ ।

विशेषगरी निजामति कर्मचारीको जीवन बीमा गर्दै आएको सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पनि दाबी भुक्तानी बक्यौताको सूचीमा अग्र स्थानमा रहेको छ । बीमा संस्थानले २२ हजार २ सय दाबीवापत २ अर्ब ८३ करोड ६७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

दाबी भुक्तानी दिन बाँकी रकमको आधारमा तेश्रो स्थानमा रहेको नेशनल लाईफ इन्स्योरेन्सले ११ हजार १ सय २९ वटा बीमा दाबीवापत ९४ करोड ९८ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । अमेरिकी जीवन बीमा कम्पनी मेट लाईफ९एलिको० ले ९ हजार ६१ वटा बीमा दाबीवापत ४३ करोड ५ लाख ६१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । दाबी भुक्तानी बाँकी राख्ने जीवन बीमकहरुमध्ये रकमको आधारमा मेट लाईफ चौथो स्थानमा रहेको छ ।

त्यसैगरी पुरानो जीवन बीमकमध्येको एलआइसी नेपालले ५ हजार ८ सय ६४ वटा बीमा दाबीवापत २२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । भुक्तानी गर्न बाँकी रकमको आधारमा एलआइसी नेपाल पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *