एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर


धनगढी ।एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो ।

यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्त्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *