ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित


विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् ।

कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् ।

पटकपटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत मात्र प्राप्त गर्न सकिन् ।                                                                         एमालेको गढ भनेर चिनिएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार थापाले ५५९ मतको अन्तरले अधिकारीलाई पराजित गरेका हुन् । दमक नगरपालिकाको उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन् ।

उनले १७०७२ मत ल्याउँदा नेकपा एमालेका अम्बिकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *