एमाले सचिव लेखराज भट्ट ले जिताउन सकेनन् अाफ्नाे क्षेत्रमा अाफ्नै सोहदर भाइ लाई


धनगढी । मन्त्री खान माओवादी त्यागेर एमाले प्रवेश गरेका सचिव तथा एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ मेयरमा पराजित भएका छन् ।  गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा भने एमालेका उम्मेदवार विजयी भए ।   कांग्रेसका वीरेन्द्र भट्टले लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए । गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् ।  उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई रोकायाले ६ सय ८७ मतले पराजित गरिन् । कठायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् । गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत हो ।
@samachardainin.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *