बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो ।

विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ ।त्यस्तै, अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीको नियमित परीक्षा भने यथावत सञ्चालन हुने जनाएको छ ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *