सत्ता समीकरणको कसरत: प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल
काठमाडौं । नेकपाको प्रचण्ड(माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड(नेपाल समूहले नयाँ सरकार