बिम्स्टेकको बडापत्रको मस्यौदा तयार
काठमाडौँ । :दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय सङ्गठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलङ्काले अप्रत्यक्ष रुपमा आज आयोजना गरेको सङ्गठनका वरिष्ठ अधिकारीहरुको बैठकले बडापत्रलाई अन्तिम रुप दिनाका साथै भावी महासचिवको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै बैठकले सङ्गठनका केन्द्रहरुका सम्बन्धमा पनि निर्णय गरेको छ । बैठकमा सङ्गठनको सत्रौँ मन्त्रिस्तरीय बैठक आगामी वर्ष