पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको