पहिरा

पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’

तम्घास । गत असार ६ र १८ गते इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १ मल्दी र ढाडपाटमा एकएक गरी दुई जनाको ज्यान गयो । गाउँपालिकामा झण्डै डेढ सय घरमा क्षति भयो । तीमध्ये विस्थापित परिवारले स्थायी आवासको माग गरेका छन् । इस्मा– १ हस्तिचौरका तेजबहादुर कुँवरले आफूहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको जनाई स्थायी आवासको व्यवस्था

पहिराले नहर भत्काएपछि लघुजलविद्युत् बन्द

म्याग्दी । बाफुखोलामा पहिराले लघुजलविद्युत्को नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिराले नहर तथा विद्युत्का खम्बासमेत बगाएपछि तीन सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो । पहिराले नहर तथा विद्युत्का ६५ पोल तथा तारसमेत बगाएपछि विद्युत् अवरुद्ध भएको विजय लघु जलविद्युत् केन्द्रका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । पहिराले विद्युत्का पोल बगाएपछि तारसमेत तहसनहस भएको केसीको