दुःख व्यक्त

काँग्रेसद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए । काँग्रेसले आज एक प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहनुभएका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आउनु भएका स्वर्गीय महर्जनले पार्टीको नवौँ