जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिँदै
जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् । सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशयमा स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना ९खरी० चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो ९मरूवा० रोटी र माछा खाने गर्दछन्, जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी ९कोसा