जाडो महिनामा के-के खाने र कसरी बच्ने ?
धनगढी, बढ्दो जाडोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । जाडो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत जाडोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ । कोभिड संक्रमणको अर्को लहरको जोखिम बढेको र मौसमका कारणसमेत स्वास्थ्यमा समस्या देखिन थालेकाले विशेष ध्यान दिन आवश्यक