चट्याङ

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

कञ्चनपुर । चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण