कोरोना महामारीमा नेपाली सेयर बजारको नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर कारोबार रकम, बजार पुँजीकरणलगायत धेरै कुरामा नयाँ रेकर्ड बनेको छ । मंगलबारसम्म सेयर लगानीकर्ताको पुँजी ३७ खर्ब