केपी ओली महाठग हुन् -प्रचण्ड
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एकताको प्रस्तावक नै आफू भएको बताएका छन्। आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको भेटघाटमा दाहालले यस्तो भनेका हुन्। उनले कम्युनिष्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे। प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिँदै भने, ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ।