काठेपुल भाँच्चियो

काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द

डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी