कविता

कविता - मेरो देशको सरकार

गर्ने गर्दैन त्यो नगर्ने गर्छ माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ, मेरो देशको सरकार । स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ बस्ने छानो उडाएको रमिता हेर्दै मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ नियन्त्रणमा लिँदैन कोरोना तर नियन्त्रणमा लिन्छ पत्रकार मेरो देशको सरकार खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ थुकेको चाट्छ र चाटेको थुक्छ अपराध र

अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’

काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा