आगलागीमा रु नौ लाखको क्षति

इनरुवा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले

चौलानी नदीमा युवक मृत फेला

बैतडी, चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिनुभयो । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।” गत शुक्रबार शिवरात्रि मेला हेर्न

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौैँ, काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर

फोन गर्न रूखका टुप्पामा जान बाध्य छन् हुम्लाका सर्वसाधारण

काठमाडौँ, हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन। गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन्। दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए। भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको

लालझाडीमा ५ करोडको लागतमा बगैँचा निर्माण हुने

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो । उद्यान निर्माण हुने

विद्यार्थीलाईे बेमौसमी तरकारी तालिम

बझाङ, बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट, जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई

काठमाडौंका यी सडकमा आज सवारी चलाउन नपाइने

काठमाडौं, आज महाशिवरात्री पर्व देशभर मनाइँदैछ । काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा शिवको दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागिरहेको छ। शिवरात्रीका दिन भक्तजनको भीड व्यवस्थापनका लागि पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ। देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन्। भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ। हेरौँ कुन कुन क्षेत्रमा सवारी

भागरथी हत्या प्रकरणका आरोपित दिनेशलाई सुधारगृह पठाउन आदेश

बैतडी,  किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले