च्याउको परिकार तयार गर्ने सामग्री तथा विधि


हिजोआज च्याउ खाने चलन सहरमा मात्र होइन, गाउँमा पनि बढेको छ । धमिराको देवलको च्याउ नखाने बूढाबूढीसमेत बजारमा पाइने च्याउ भनेपछि हुरुक्कै हुन्छन् । भोजभतेरमा शाकाहारी मात्र होइन, मांसाहारीका लागि समेत च्याउको परिकार अनिवार्यजस्तै भएको छ ।

आजकल गाउँमा पनि च्याउ खेती गर्ने गरिन्छ । च्याउमा अत्यधिक पोषक तत्त्व पाइन्छ । यहाँ च्याउ बनाउने विधि बताइएको छ :

आवश्यक सामग्री

मसिनो गरी काटिएको च्याउ – चार सय ग्राम

हरियो प्याज – दुईवटा

पानी – दुुई कप

घिउ – तीन चम्चा

मकैको धुुलो – दुुई चम्चा

दूध – एक कप

नुन र कालो मरीच – स्वादअनुुसार

मसिनो गरी काटिएको धनियाँ – चार चम्चा

पकाउने विधि

कराईमा घिउ हाल्ने । घिउ तातेपछि मसिनो गरी काटिएको च्याउ र प्याज हाल्ने । नरम हुन्जेल पकाउने । त्यसपछि नुन र कालो मरीचको धुलो स्वादअनुुसार हाल्ने । एकछिन पाकेपछि सेलाउन दिने । सेलाएको कराईमा पछि अन्य सामग्री मिसाउने । अब गाढा हुन्जेल पकाउने । आवश्यकताअनुसार पानी मिसाउने । अन्त्यमा धनियाँको पात मिसाउने । अब च्याउको परिकार तयार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *