वामपन्थी नेता मानन्धरको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *