रोचक तथ्य : महाभारत युद्धमा सञ्जयले इन्टरनेटको प्रयोग गरेका थिए !


एजेन्सी, भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले केही समय अघि प्राचीन कालमा भारतीयहरूले इन्टरनेटको आविष्कार भएको दाबी गरेका छन्।

महाभारत कालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्।

बीबीसीमा प्रकाशित समाचार अनुसार भारतमा महाभारतकालीन समयमा इन्टरनेटको प्रयोग भएको जनाइएको छ।

त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भनेका थिए कि यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए। यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टरनेट थियो, भूउपग्रह थियो।

यो देशमा लाखौँ वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो।

मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ। एक जना फेसबुक प्रयोगकर्ताले देवको भनाइ यो शताब्दीकै सबैभन्दा ठूलो ब्रेकिङ न्यूज भएको बताएका छन्।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव २ वर्ष अघि त्रिपुराका मुख्यमन्त्री बनेका थिए। पच्चीस वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो।

अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, महाभारतकालमा इन्टर्नेट थियो। यो कुराको पुष्टि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *