संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड : यी हुन डिप्रेसनबाट बच्ने सात उपाय


काठमाडौँ, संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको बताउँछन्।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको रोगीले आत्महत्या समेत गर्न सक्ने भएकोले बेलैमा होशीयारी अपनाएर अपचारमा ध्यान दिनु पर्छ।

तसर्थ डिप्रेशनबाट मुक्त हुन अपनाउनु पर्छ।

– दैनिक जीवनमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।

– आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ।

– मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन।

-मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।

– सामाजिक कार्यमा सक्रिय हुनुपर्छ।

– निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ।

– कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ।

(स्वास्थ्य सम्बन्धी विभिन्न लेखको आधारमा तयार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *