दुईचार जनासँग पैसा आउँदैमा समृद्धि आयो भन्न मिल्दैनः प्रचण्ड


काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेसँग पैसा आउँदैमा समृद्धि आएको भन्न नमिल्ने बताएका छन्।

प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र समृद्धि आएको मानिने उल्लेख गरेका हुन्।

उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो मात्रै समृद्धि मान्न नसकिने उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *