किन पिउँने मरिच पानी ? जान्नुहोस पिउँनुका फाइदाहरू


काठमाडौँ,  मनतातो पानीमा मरिचको धुलो मिसाएर पिउँदा हाम्रो स्वास्थ्यमा धेरै फाइदा हुन्छ। मरिच पानीको सेवनले स्वास्थ्यमा देखिएका विभिन्न समस्याको समधान पनि गर्छ । थाहा पाइराख्नुहोस् मरिच पानी पिउँनुका फाइदाहरू स्

रक्ताल्पता

मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ।

कब्जियत

मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन्।

छाला

यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ।

रक्तचाप

मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ।

जोर्नी

यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ।

मोटोपना

मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ।

मांसपेशी

यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ। जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *