विश्वकै जेठी चरीले ७० वर्षको उमेरमा बचेरो पाइन्


काठमाडौँ। विश्वकै सबैभन्दा जेठी जंगली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो।

सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलोपटक पहिचान गरेका थिए।

वाइल्ड लाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्। सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन्।

सामान्यतया एल्बाट्रसहरू एकपटक मात्रै जीवनसाथी बनाउँछन्। तर लामो समयसम्म बाँचिरहेकी विज्डमका पहिलाका जीवन साथीहरू मरिसकेका ठानिएको छ। विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो।

विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ, अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ। त्यसलगत्तै जब उनी आहाराका लागि समुद्रतिर फर्किइन्। तिनको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो। एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *