काठमाडौं ,फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।
सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।
यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।
७ खेलबा६ ५ जित र २ हारको नतिजाबाट विराटनगर र काठमान्डुले समान १० अंक जोडेपनि नेटरनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३।५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो ।

