सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन


काठमाडौं ,राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् ।

आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आजै सिंहदरवार पुगेर कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।

आजै कार्कीले पहिलो निर्णयको रुपमा मौजुदा संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति पौडेल समक्ष गरेपछि राष्ट्रपतिले संसद विघटन गर्नेछन् ।

जेनजी आन्दोलनकारीहरुको तर्फबाट कार्की अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेकी हुन् । कार्की नेपालको पहिलो प्रधान न्यायाधीश हुन भने नेपालको पहिलो प्रधानमन्त्री पनि कार्की हुन सफल भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *