पालुङटारका प्रधानाध्यापकहरूको बदनियतः गरे लाखौँको करछली


काठमाडौँ । पालुङटार नगरपालिकाभित्रका विद्यालयहरुका प्रधानाध्यापकहरूले आयकर नबुझाएको भेटिएको छ । नगरपालिकास्थित विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले नियमानुसारको आयकर नतिरेको भेटिएको हो । 

महालेखा परीक्षकको कार्यालयको २०८१/०८२ को प्रतिवेदनअनुसार नगरपालिकास्थित विभिन्न विद्यालयका ४४ जना प्रधानाध्यापक तथा शिक्षकहरूले आयकर नतिरेका हुन् । उनीहरूले न्यूनत्तम १ हजार ३४७ रुपैयाँदेखि २६ हजार ८९० रुपैयाँसम्मको करछली गरेका छन् । उनीहरूले नतिरेको उक्त रकम ३ लाख ५७ हजार भन्दा बढी हुन आउने महालेखाले जनाएको छ । 

आयकर ऐन २०५८ को दफा ८७ मा रोजगारीको आयमा अनुसूची १ बमोजिमको कर लाग्ने भएपनि उक्त कर दाखिला नभएको महालेखा प्रतिवेदनमा उल्लेख छ । 

महालेखा प्रतिवेदनको अंशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *