ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन


एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो ।

मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ ।

यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।

यी फरक फरक स्क्रिनलाई पूर्णरुपमा तन्काएर एउटै ठूलो स्क्रिन बनाउन सकिन्छ । जसमा ट्याबलेट जस्तो भिडियो तथा गेमिङको मज्जा लिन सकिन्छ ।

जेड टी इ मोबाइल डिभाइसका सिइओ लिक्सिन चेंग भन्छन् : Axon M ले एक विल्कुल नयाँ क्याटेगोरी खडा गरेको छ जसमा फोल्डेबल स्मार्टफोन हुनेछ । जेड टी इ यसमा सबैभन्दा अगाडि रहन पूरा मेहेनत गर्नेछ ।

उनका अनुसार कम्पनीले चीन, युरोप र जापनमा यो मोडेल बेच्नेछ । अमेरिकामा यो मोबाइल एटी एण्ड टी नामक टेलिकमसँग सहकार्य गरी हरेक महिना २४.१७ डलरमा ३० महिने किस्ताबन्दीमा उपलब्ध गराइनेछ । नोभेम्बर महिनाबाट यो मोबाइल बजारमा उपलब्ध हुनेछ ।

स्पेसिफिकेसन

जेड टी इ ले Axon M मा ५.२ इन्चको डुअल फूल एचडी टिएफटी एलसिडी डिस्प्ले राखेको छ । यसमा कर्निंग गोरिल्ला ग्लास फाइभको सुरक्षा प्रदान गरिएको छ ।

यो फोनमा स्नापड्रागन ८२१ प्रोसेर रहेको छ । साथै ४ जिबी र्याम, ६४ जिबी इनबिल्ट प्रोसेसर यसमा रहेको छ ।

यो फोनको अर्को रोचक विशेषता भनेको यसमा २० मेगापिक्सेलको एउटा क्यामरा छ, जसलाई मुख्य क्यामरा र सेल्फी क्यामरा दुबैको रुपमा प्रयोग गर्न सकिन्छ ।

३१८० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको यो फोनमा क्विक चार्ज ३ फास्ट चार्जिङ सपोर्ट फिचर रहेको छ । यसमा एन्ड्रोइड ७.१.२ नूगट फिचर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *