टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया


धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ ।

जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी सिधै टिकापुर अस्पताल पुगेकाे र छाेटाे समयमै शल्यक्रिया गर्न पाएकाे ले खुसि ब्यक्त गर्नु भयाे ।                                                    टिकाटपुरमै  पाइलोनाइड्ल साईनस काे शल्यक्रिया हुन थालेपश्चात्  उक्त  समस्या भाेगिरहेका बिरामीले   नेपालगंज, काठमाडौँ र छिमेकी देश भारत जानुपर्ने बाध्यता हटेको छ ।

पाइलोनाइड्ल साईनस काे  अप्रेसन  लिम्बर्ग  फ्ल्याप वधि  बाट गरिएकाे    जनरल सर्जन डा.भट्टले बताउनुभयो ।

टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पत्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएको लगायतका समस्याको पनि शल्यक्रिया हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *