आफू निर्वाचित भए सेवासुविधा बापतको पैसा नि:शुल्क एम्बुलेन्स सञ्चालनमा खर्च गर्न धामीको प्रतिबद्धता


दार्चुला ,अागामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । दार्चुलामा प्रतिनिधि सभा सदस्यको  लागि एक मात्रै निर्वाचन क्षेत्र रहेकोमा प्रदेश सभा सदस्यका लागि क र ख गरि दुई निर्वाचन क्षेत्र रहेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क) तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गरेका नेपाल पत्रकार महासंघ दार्चुला पुर्व अध्यक्ष शंकरसिह धामीले प्रचार प्रसार अभियान सुरु गरेको छ ।

प्रदेश सभा (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका धामीले देशकै सातौ धाम एवं पुन्य देवभुमि मालिकार्जुन मन्दिरबाट आफ्नो चुनावी प्रचार प्रसार अभियान सुरु गरेको बताउनुभयो । मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा रहेको देशकै सातौ धाम मालिकार्जुन मन्दिरलाई साँची राखेर स्वतन्त्र उम्मेदवार धामीले प्रदेश सभा सदस्यमा निर्वाचित भए आफुले पाउने पाउने सेवा सुविधा निशुल्क एम्बुलेन्स सेवामा खर्च गर्ने घोषणा गरेका छन् ।सेवा सुविधा र पदको लोभ भन्दा पनि विशुद्ध जनताको सेवा गर्ने उद्येश्यले उम्मेदवारी दिएकोले आफुले पाउने सेवा सुविधा प्रदेश सभा (क) क्षेत्रका जनताका लागि निशुल्क एम्बुलेन्स सेवामा खर्च गर्ने घोषणा गरेका हुन्

चुनावी सभामा बोल्दै  स्वतन्त्र उम्मेदवार धामीले भने स्वास्थ्य भए सबै कुरा गर्न सकिने र स्वास्थ्य नै नभए केहि गर्न नसिकने हुँदा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । दार्चुला जिल्लाको प्रदेश सभा सदस्य (क) निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार शंकर सिह धामीले विजुलीको चिम (बलफ) चुनाव चिन्ह पाएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले हिजो बुधबार उनलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष समेत रहेका धामीले अगामी मंसिर ४ गते आइतबार सम्पन्न हुने निर्वाचनमा प्रदेश सभा (क) क्षेत्रबाट चुनाव चिन्ह विजुलीको चिम पाएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनु भएको छ ।स्वतन्त्र उम्मेदवार धामीले चुनाव चिन्ह विजुलीको चिम पाएसंगै राजनितिक दल तथा नेताहरुमा रहेको अन्धकार हटाएर जिल्लाको अध्यारो राजनितिलाई उज्यालो युगतर्फ लैजान आफु सफल हुन प्रतिक्रिया  दिएका छन ।

विहिबार (आज) जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ मा अवस्थीत राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरबाट उनले चुनावी अभियान सुरु गरेका छन । पहिलो चुनावी सभालाई सम्बोधन गदै स्वतन्त्र पदका उम्मेदवार शंकर सिह धामीले अधिकाश समय कालापानी र प्रेम सिह धामीको योगदान बारे समय खर्चेका थिए । उनले कालापानी काठमाण्डौलाई किन दुख्दैन भनेर भन्ने सपुत प्रेम सिह धामीले भन्दा अहिलेका राजनितिक दलहरुलाई २४ वर्षपछि कालापानी दुखेको बताए छन ।
प्रदेशसभामा जिते आफुले पाउने तलबबाट एम्बुलेन्समा खर्चगर्ने बताएका छन । अहिले जिल्लाका विभिन्न ठाउँमा भएपनि गरिब जनताले नपाएको भन्दै आफुले पाएको सेवा सुविधा प्रदेश सभा १ का जनतालाई दिने बताएका छन । यस्तै उहाले चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गदै अहिले सम्म राजनितिक दलका नेताहरुले जनतालाई ठगेको बताएका छन ।

मतदातासंग झुटो बोलेर राजनिक दलहरुले खोक्रा आश्वासन बाँडेर भोट माग्ने गरेको समेत आरोप लगाएका छन । जनता बाँठो भए विसंगती विरुद्ध आवाज उठ्ने भएकोले राजनितिकि दलहरुले समेत जनतालाई बाँठो बनाउनुको सट्टा सधै दास मात्रै बनाएको उहाँको भनाई रहेको छ । प्रेम सिह धामीले कालापानीको विषयमा कुरा उठाएको तर अहिलेका राजनितिक दलहरुलाई २४ वर्षपछि कालापानी दुखेको बताए छन । कालापानी काठमाण्डौलाई किन दुख्दैन भनेर भन्दा व्यासँ गाउँपालिकाका जनतालाई अहिले सम्म हिड्नलाई सम्म बाटो नभएभन्दै नेताहरुले जनतालाई ठगेर भोट माग्ने गरेको बताएका छन ।
जिल्लाको व्यासँ गाउँपालिकामा  केपि शर्माओलीले गर्न नसक्ने काम आफुले गरेको भन्दै दार्चुलाबाट प्रेम सिह धामी, बहादुर सिह ऐतवाल र गोपाल सिह बोहराको सालिक निर्माण गरेको बताएका छन । नेपालका नेताहरुले काठमाण्डौमा बसेर नक्सामात्रै निकाले आफुहरुले दार्चुलामै बसेर तिनजनाको सालिका निर्माण गरेको बताएका छन ।

यसैकामको लागि पनि यो पटक व्याँसका जनताले मलाई मत दिने बताएका छन । यो मात्रै ठुलो काम नभएर व्यासँ गाउँपालिकामा बाटो बनाउने काम पनि जितेपछि अगाडी बढाउने बताएका छन । यदि प्रदेश सकारले व्यासँ क्षेत्रको बाटो निर्माणमा सक्रियता देखाएर भने व्याँसका जनतालाई लिएर सत्याग्रह समेत सुरु गर्ने बचन दिएका छन । प्रतिनिधिसभा तर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रदेश सभा क बाट उनले एमालेका उम्मेदवार हरदेब जोशी गठबन्धका साझा उम्मेदवार विक्रम सिह धामी विच प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *