अमेरिकी स्वार्थ र एमसीसी


आदित्यमान श्रेष्ठ | धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो। यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो। सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो। जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली पैदा गरिदिएको मान्न सकिन्छ। तर यी कुराहरूलाई मनन गरेर समस्या समाधान गर्ने कुरामा वर्तमान सरकारले एकदमै उदासीन देखिएको छ,  यस्तो लाग्छ, यो विषयमाथि न सरकारले ध्यान देखाएको छ,  न समस्या समाधान गर्न सक्षम नै छ।

एमसीसी पास भएका खण्डमा नेपालमा ठुलो असुरक्षाको भावना फैलिन्छ भनेर पहिले पनि भनिसकिएकै हो। डा. बाबुराम भट्टराईले पनि भनिसकेका छन्– ‘अब यस्तो समय आयो जब नेपाली सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा निडर भएर जान सक्दैनन्। उनीहरूलाई डर छ कि कसैले उनीहरूमाथि भौतिक कारवाही गर्न सक्छन्। हुन पनि संसदबाट एमसीसी पास गर्ने सिलसिलामा सांसदहरूलाई ज्यान मार्ने सम्मको धम्की दिइएको थियो। एमसीसीको विषयलाई लिएर आजसम्म कसैमाथि पनि त्यसरी आक्रमण भएको समाचार सुन्नमा आएको छैन, तर मानिसहरूको मनमा त्रास र भयले बास भने गरिसकेको छ।

एमसीसी सम्झौताले छिमेकी मुलुक चीनको मनमा भने चीसो पसेको संकेतहरू देखा परेका छन्। नेपालमा भएका परिवर्तनहरूमाथि कहिल्यै आफ्नो प्रतिक्रिया नजनाउने कम्युनिष्ट राक्ष्ट्र चीन यो सम्झौताबाट भने तर्सिएझैँ गर्दैछ। उसले एमसीसी सम्झौता मुख्यतः चीनकै विरोधका लागि आएको ठानेको छ। अमेरिकाले  स्पष्टसँग ‘एमसीसीलाई नेपालको संसदले पास गरेन भने यसमा चीनकै हात रहेको अमेरिकाले ठान्ने छ’ अभिव्यक्ति दिएको थियो। अब एमसीसी संसदबाट पास भएपछि चीनले नेपाललाई अर्घेलो सम्झिएको खण्डमा पनि त्यसलाई अन्यथा लिन सकिन्न। भोलि नेपाली भूमिमा चीन र अमेरिकाको भिडन्त हुने त होइन भनेर मानिसहरू अड्कल लगाउँदै छन्। भविष्यमा त्यस्तो भइहाल्यो भने पनि त्यसमा आश्चर्य नमाने हुन्छ किनकी एमसीसी प्रकरणले नेपालले नै यस्तो अवस्था सिर्जना गर्न खोजेको देखिएको छ।

एमसीसी पास गरेर नेपाल अमेरिकाको निकट हुन चाहेको र केही व्यक्ति उनीहरूको प्रियपात्र बन्न चाहिरहेको कुरा बुझ्न गाह्रो छैन। यदी त्यसो हो भने उनीहरूलाई पानामाका जनरल नोरियगाको कथा सम्झाइदिनु उचित हुनेछ। नोरियगा पानामाको राष्ट्रपतिको पदसम्म पुगेका व्यक्ति हुन्। तर उनलाई अमेरिकी सेनाले जवर्जस्ती अमेरिका पु¥याए र लामो समयसम्म बन्दी बनाइर जेलमा सडायो। अमेरिका जस्तो शक्तिशाली देशले चाहेका खण्डमा उसले जे पनि गर्न सक्छ भत्रे कुराको यो राम्रो उदाहरण हो।

सन् १९८१ देखि १९८७ को अवधिमा नोरियगा अमेरिकासँग निकट सम्बन्ध स्थापित गर्न सफल भए। अमेरिका सुरक्षाको खोजीमा थियो भने नोरियगा  अमेरिकाको दलाली गरेर व्यक्तिगत स्वार्थलाई बढावा दिन चाहन्थे, त्यसैले उनीहरूको सम्वन्ध मिल्न गएको थियो। सन् १९७९ र १९८१ बीचको अवधिमा निकारागुवा र एल साल्भाडोरमा भैरहेको आन्तरिक कलहले गर्दा अमेरिका लाई कसैको सहयोग आवश्यक भइरहेको थियोे। यस्तोमा नोरियगाले अमेरिकाको साथ दिए। नोरियगाले अमेरिकाको चालबाजी सफल बनाउन पैसा र हतियार दुबै हात पारे। निकारागुवाका कन्ट्रा विद्रोहीहरूलाई सहयोग गर्न आफ्नो देश पानामामा अमेरिकी गुप्तचर विभागलाई काम गर्न छुट दिए। अर्कोतिर एल साल्भाडोरमा चलिरहेको वामपन्थी विद्रोहीहरूलाई दबाउन पनि उनले उत्तिकै सहयोग गरे। उनले सन् १९८६ मा निकारागुवामा आक्रमणको तैयारी गर्न त्यहाँका विद्रोहीहरूलाई पानामाको भूमि प्रयोग गर्न दिएका थिए।

यसको बदलामा अमेरिकाले नोरियगालाई वर्षको एक लाख दस हजार डलर दिने गर्दथ्यो भनेर नोरियगाका जीवनी लेखकले भनेका थिए। समयक्रमसँगै यो रकम बढ्दै गएर दुई लाख डलरसम्म पुगेको कुरा पनि बताइएको थियो। उनले यसरी अमेरिकालाई खुसी पारेर यति नै रकम पाए भनेर तोकेरै भन्न नसकिए पनि उनले ठूलै रकम हात पारेको सबैतिरबाट पुष्टि भइसकेको छ। जे भए पनि कुनै समय यस्तो थियो कि पानामाको नोरियगा अमेरिकाको ज्यादै नजिकका आफन्त जस्तै बनेर बसेका थिए।

तर अमेरिका र नोरियगाबिचको त्यो सम्बन्ध दीगो भने बन्न सकेन। नोरियगामाथि अमेरिकामा अवैध नशालु लागुपदार्थको कारोबार गरेको आरोप लाग्यो। उनले विशेषगरी अमेरिकामा कोकिन पठाउने गरेको पत्ता लाग्यो। नोरियगाको कारवाहीलाई नियन्त्रण गर्न सके अमेरिकामा हुने लागू पदार्थको प्रयोग धेरै कम गर्न सकिन्छ भत्रे निश्कर्ष अमेरिकाले निकाल्यो।

सन् १९८९ मा नोरियगालाई हटाउन एउटा सैनिक षडयन्त्र पनि गरिएको थियो जुन सफल भने हुन सकेन। त्यस पछि अमेरिकाले पानामामा सैन्य कावाही ग¥यो र सन् १९९० मा नोरियगालाई पक्राउ गरेर अमेरिका पु¥यायो। सन् १९९२ मा नोरियगालाई अमेरिकामा कोकिन पठाएको र लागू पदार्थको व्यापारबाट कमाएको पैसा तलमाथि गरेको अपराधमा ४० वर्षको कैद सजाय भयो। सबैभन्दा आश्चर्यको कुरा रह्यो हो भने नोरियगाले आफ्नो बयानमा अमेरिकी अदालतका न्यायाधीशहरूलाई उनले कसरी अमेरिकाको सीआईएलाई सहयोग गरेका थिए भनेर आफ्नो रक्षा गर्न खोजेका थिए। तर अदालतका न्यायाधिशहरूले उनको यस्ता कुराहरू सुत्रै चाहेनन्। त्यो कुराको लागू पदार्थको आपूर्तिसँग कुनै सम्बन्ध छैन भनेर अमेरिकाले नोरियगालाई दोषी करार गरिदियो।

त्यस्तै अर्को कथा ओसामा बिन लादेनको छ। बिन लादेन सउदी अरेबियाका नागरिक थिए। तर उनी अफगानिस्तान गए र रुसको विरोधमा लडे। रुसले आफ्नो सेना पठाएर अफगानिस्तान कब्जा गरेको थिए। त्यसको विरोध गर्न बिन लादेन अफगानिस्तान गएका थिए। उनले रुससित लडदै गर्दा अमेरिकाको समर्थन र सहयोग पाए। रुसको विरुद्धमा अमेरिका र बिन लादेन एक भए। अमेरिकाले बिन लादेनलाई पैसा र हतियार उपलव्ध गराएर सघाउ पु¥यायो र अन्ततः पछि रुस अफगानिस्तान छोड्न बाध्य पनि भयो।

बिन लादेनले अमेरिकाको ट्वीन टावरलाई ध्वस्त पार्न अमेरिकी हवाईजहाजलाई नै हतियार बनाए। अमेरिकाले अफगानी सरकारलाई बिन लादेनलाई समातेर अमेरिकालाई सुपुर्दगी गर्न भने। तर अफगानिस्तान मानेन। त्यसपछि अमेरिकाले अफगानिस्तानको सरकारलाई नै हटाएर बिन लादेनलाई समात्न खोजेको थियो। तर बिन लादेन भागेर गए र पाकिस्तानमा लुकेर बसे। केही कालपछि अमेरिकाले उनी बसेको ठाउँ पत्ता लगायो र आफ्नो सेना पठाएर रातारात उसको हत्या गरिदियो। पाकिस्तानी सरकारलाई यसबारेमा कुनै अत्तोपत्तो थिएन। यत्रो काण्ड मच्चाएर सबै काम सम्पन्न गरिसकेपछि मात्र त्यहाँको सरकारले यसबारेमा जानकारी पायो। अमेरिकाको विरोधमा पाकिस्तानले केही गर्न पनि सकेन र बिस्तारै यो कुरा यत्तिकै सेलाएर गयो।

यस्ता धेरै उदाहरणहरू पाइन्छन् जसमा शुरूमा अमेरिकाले आफ्नो मान्छे भनेर सहयोग गरेको हुन्छ। तर आफ्नो स्वार्थ विपरीत जस्ले काम गर्छ उसलाई कुनै पनि हालतमा छाड्दैन। एउटा सरकार गए पनि अर्को सरकारले त्यस्ता मानिसमाथिको कार्यवाहीलाई निरन्तरता दिएकोे देखिन्छ। यो एउटा राष्ट्रिय स्वार्थसित गाँसिएको कुरा हो। अमेरिकाको लागि कोही पनि आफ्नो र पराई भत्रे हुँदैन। आफ्नो स्वार्थ पूरा गर्न उसलाई जस्ले साथ दिन्छ त्यसबेलासम्म त्यो अमेरिकाको आफन्त जस्तो देखिन्छ। तर अमेरिकाको इच्छा र इशाराभन्दा बाहिर जाने जो कोहीलाई पनि अमेरिकाले संसारको कुनै कुनामा गए पनि बाँकि राख्दैन। यो कुरा हाम्रा मानिसहरूले पनि राम्ररी बुझेको हुनु पर्दछ।

श्रोत: आइएनएस स्वतन्त्र समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *