नुहाउन महाकालीनदीमा जाँदा …

नुहाउन महाकालीनदीमा जाँदा ...

दार्चुला, दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । “उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,” उहाँले भन्नुभयो, “अस्पतालले मृत घोषणा गरिसकेको हो