कैलालीमा खाना पकाउने ग्यासमा चुहावट भएर आगलागी हुँदा चार घाइते

कैलालीमा खाना पकाउने ग्यासमा चुहावट भएर  आगलागी हुँदा चार घाइते

कैलाली, कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उहाँकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो । घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ ।