समाज/अपराध

अनलाइनमार्फत जुवा खेलाउने गिरोह प्रहरी फन्दामा

काठमाडौँ, काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा, एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त

चार वर्षीय छोरासहित महिला बेपत्ता

बागलुङ, गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

वाग्मती, मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

जनकपुर, लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो । लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका लागेको र उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब

हास्य कलाकार मनोज गजुरेलले गरे मन्जुसँग विवाह

काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले आज विवाह गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको विवाह डोलेश्वर महादेव मन्दिरमा आज आफन्तको उपस्थितिमा सम्पन्न भएको हो । गजुरेलले लामो समयको मिना ढकालसँगको वैवाहिक सम्बन्धलाई ४ वर्ष पहिले कानुनी रुपमा तिलाञ्जली दिएका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् । गजुरेलले जीवनयात्राको क्रममा आत्मीय साथको आवश्यकता

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं । प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले

पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ

काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्। शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं

भाउजु हत्याको आरोपमा देवर पक्राउ

विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक

साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने

काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्। कुन विषयमा कसरी पढाइ