सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु