समाज/अपराध

आगलागीबाट वृद्धाको मृत्यु

ललितपुर, ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय

नातिनी बलात्कार गर्नेलाई आजीवन कारावास

काठमाडौँ, जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सुनाएको हो। यस्तै, उनीमाथि ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए। कसुरदार पुरुषले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नु पर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ।

१ करोड ५० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले १ करोड ८५ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ ५ गतेको फैसलापछि १ महिना कैद र

लागुऔषध लतले श्रीमतीको हत्या

काठमाडौँ, लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ । घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा

बाघको आक्रमणमा एकको मृत्यु

बाँके, बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो । बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी

ज्यान मुद्दाका फरार ४१ वर्षपछि पक्राउ

कञ्चनपुर, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको

दश दिनपछि कर्णाली किनारमा भेटियो रजनीको शव

कर्णाली, आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो । बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र

मानव बेचबिखन गर्ने पक्राउ

कैलाली, कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । रिसोर्टबाट पीडित पाँच जनालाई उद्धार गरिएको बताइएको छ । प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ, म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो । म्यान्मारमा शनिबार

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार