फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित
काठमाडौँ । फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका
