समाज/अपराध

दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो

  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन

धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई

बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ

धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि

घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका  कृषि अधिकृतले दिए राजिनामा

धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय

ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् । जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न

विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

अत्तरियाका ब्यापारी हरुले निकाले  गोलि कान्डको बिरोधमा र्याली

अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन । ३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा

रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।