शिक्षा

दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार

काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ। विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी

सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि  बीमा प्राधिकरणले दियाे अन्तिम  स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी

पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो

कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने

धनगढी: कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार

मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु

धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट

मंगलवार देशैभर सार्वजनिक बिदा

काठमाडौँ- सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ दिन बिदाको घोषणा गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा कार्तिक १ गते मंगलवार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।

चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर

दार्चुला, दार्चुलामा पार्टीको चुनावी प्रचार प्रसारमा विद्यालयका प्रधानाध्यापक नै सहभागी भएको प्रचार–प्रसार गरेको तस्विर बाहिर आएको छ । जिल्लामा नेकपा एमाले दार्चुलाले आज देखि आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रधानाध्यापक  भुवन बहादुर डागा एमालेको  चुनावी प्रचार–प्रसारमा  सहभागी भएको पाइएको हो  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडी बढाएका वेला डागा  भने  चुनावी प्रचार–प्रसारमा

नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे 

धनगढी ।नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया मा संचालनमा अाएकाे छ। उक्त कोष २०७९ जेष्ठ २८ गते देखि कार्यलय स्थापना संगै सेवा संचालनमा आएको कोषका प्रमुख जीवन राज जोशीले जानकारी दिएका छन ।सेवा संचालन भए सङै ७ नम्बर प्रदेशका सम्पुर्ण सेवा ग्राहीलाई लाभ हुने भएको छ । उक्त कोषको कार्यालय सुदुरपस्चिम प्रदेशको राजधानी अत्तरिया स्थित  बनखेतमा छ । उक्त कार्यालय संचालन भए संगै यस प्रदेशका सम्पुर्ण सेवाग्राहीले यतैबाट सेवा

बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता 

धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ । उक्त