राजनीति

एमाले बैतडीको अध्यक्षमा युवा नेता गाेबिन्द गिरी काे उम्मेदवारी

धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको हो। अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्। यस्तै अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जन जतिले इच्छा प्रकट गरेका छन्। जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले आफ्नो सशक्त दाबेदारी रहेको  बताए। उनले आफू उम्मेदवार

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी

काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको

भारतिय एसएसबीको मनपरि : दार्चुलाबाट तिंकर जान लागेका मेयर सहितका ३ जना लाई बाटोमै रोक्याे

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन। दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको

सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित पाँच जना घाइते

बझाङः बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित पाँच जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ। मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

धनगढी ,सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका थिए।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएसँगै उनी स्वत: पद मुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा

पुस २७ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ,सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको