भिडियो

बिश्वस्तरिय चर्चित ट्युनमा बन्यो “दुरी मजबुरी”

Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी” भर्खरै रिलिज भएको छ। टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न्। इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ भने म्युजिक

यसरी नयाँ बन्दै छ लाप्राकFeatured Video Play Icon

आश्विन २५, २०७४-भूकम्पले क्षतविक्षत बनाएको गोरखाको लाप्राक काँचुली फेर्ने तरखरमा छ । पुरानो बस्ती पुरै चिराचिरा परेपछि गुप्सीपाखामा सारिएको बस्ती बन्दै गरेका घरले निकट भविष्यमै काँचुली फर्ने छ । गैर आवासीय नेपाली संघको पहलमा बन्न लागेको पुरै वस्ती निर्माण भइसकेपछि भूकम्प पीडितलाई वितरण गरिने संघका अध्यक्ष शेष घलेले जानकारी दिएका छन् । युद्धस्तरमा निर्माणको काम भइरहेको त्यस वस्ती गैर आवासीय नेपाली संघलाई नेपाली सेनाले निर्माणको काममा सघाएको छ । गुरुङ

ठाउँ–ठाउँमा मण्डलाFeatured Video Play Icon

कार्तिक ७, २०७४-पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ । ‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ

मुढा बेचेर मनग्य आम्दानीFeatured Video Play Icon

कार्तिक ७, २०७४-३७ बर्षिय युवा वुद्धिमान राईले बाासबाट बुनेको मुडा बेचेर मनग्य आम्दानी लिन थालेका छन् । उनले बार्षिक एक लाख बराबरको मुडा बिक्रि गर्छन् । न्युनस्तरको पारिवारिक पृष्ठभुमीका ५ जनाको परिवारलाई जिविका चलाउन र छोराछोरीलाई पढाइखर्च धान्न सहज बनेको छ । आर्थिक अवस्था कमजोर भएका कारण १२ बर्षसम्म भारतको कोइखातमा कोइला खन्ने मजदुरी गरेका थिए । अढाईबर्ष साउदीमा काम गरेर फर्किए । उनले मुडा बुन्न थालेको ३ बर्ष बितेको

लुम्बिनीमा सरसफाईFeatured Video Play Icon

कार्तिक १२, २०७४-बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

चीनले गुडायो ट्रयाक विनाकै स्मार्ट रेल

भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा