फिचर समाचार

दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो

  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे  मुद्धा दायर

काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले स्थानीयहरुका घर जग्गामा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर खोलेको भन्दै महाकाली नगरपालिका–५ का स्थानीयहरुले महाकाली नगरपालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । राजनैतिक आग्रहपुर्वाग्रह र

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी

काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको

बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन

धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई

गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने

धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको

हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका   शाखा प्रमुखले  त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा

बझाङ मा  ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, जयपृथ्वी  राजमार्ग अबरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण

शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ। मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा,

चर्चित नायक अनमोल केसी पक्राउ

काठमाडौं ,चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ? पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल