खेलकुद

त्रिभुवन आर्मीले जित्याे मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

धनगढी। त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलका खेलमा नेपाल पुलिस क्लबलाई तीनै सेटमा पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।त्यसअघि तेस्रो स्थानका लागि

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

काठमाडौँ, आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो । ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ, प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त ग¥यो । एपिएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो

प्रधानमन्त्री कप क्रिकेट स् एपीएफ क्लब फाइनलमा

काठमाडौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

काठमाडौँ, प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे । ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णाली पराजित

काठमाडौँ, नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ । कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम विजयी

काठमाडौँ, प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र

गोदावरीमा वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

धनगढी – नेपालीहरूको महान पर्व तिहार तथा ‘बहुमुखी कला मन्दिर’ गोदावरी, कैलालीको १४ औँ वार्षिकोत्सवकाे शुभ अवसरमा गोदावरी नगरपालिका वडा- ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय ‘गोदावरी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । हरेक वर्ष कला मन्दिरकाे वार्षिकोत्सवका अवसरमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय

दि राइजिङ र स्पाेर्ट्स क्यासलकाे विजयी सुरुआत

धरानकाे दि राइजिङ क्लब र पाेखराकाे स्पाेर्ट्स क्यासलले ए डिभिजन फुटसल लिगमा विजयी शुरुआत गरेका छन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा धरानको दि राइजिङ क्लबले स्काई गोल्स काठमाडौंलाई ५-४ ले पराजित गरेको थियो । राइजिङको जितमा रेवोस मास्केले दुई गोल गरे । यस्तै मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले एक-एक गोल गरे । स्काईका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरेपनि टिमको हार टार्न पर्याप्त भएन । यस्तै आशिष